Thaha

Saturday 21 September - 7:51 pm NST

कैलालीमा निषेधाज्ञा हटाइयो


काठमाडौं, ३० भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्रमा २२ दिनदेखि दिउँसोको समयमा लगाउँदै आएको निषेधाज्ञा तीजका अवसरमा आज एक दिनका लागि हटाएको छ । नगरक्षेत्रमा कुनै सभा जुलुस प्रदर्शन गर्न नपाउने गरी घोषणा गरिएको निषेधित क्षेत्र भने यथावत् रहेको प्रशासनले जनाएको छ ।

निषेधित क्षेत्र घोषणा गरिएको भए पनि धनगढीमा आज बिहान ६ देखि साँझ ६  बजेसम्म धार्मिक कार्यक्रम भने गर्न पाइने प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै जिल्लाको पूर्वीक्षेत्रको खैलाड गाविस बाहेकको टीकापुर नगरपालिका र भजनी–त्रिशक्ति नगरपालिका र आसपासका गाविसमा लगाइएको निषेधाज्ञा बिहान ६ बजेदेखि साँझ ४ बजेसम्मका लागि हटाइएको छ ।

ती क्षेत्रमा घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र भने यथावत् छ ।