Thaha

Saturday 21 September - 7:43 pm NST

संविधानसभा बैठक साढे १० बजे


काठमाडौं, ३० भदौ । संविधानको परिमार्जिक विधेयकका बाँकी धारा पारित गर्ने काम आज पनि जारी रहने भएको छ । बिहान साढे १० बजे पछि बस्ने बैठकले १ सय ७६ पछिका धारा पारित गर्ने कामलाई निरन्तरता दिनेछ ।

संविधानमा ३०२ धारा छन् । हिजोसम्म एक सय ७६ धारा पारित भइसकेका छन् भने अव एक सय २६ धारा पारित गर्न बाँकी छ । हिजो चार पटक गरी २ घण्टा बसेको बैठकले एक सय १९ धारा पारित गरेको थियो । आज बेलुकीसम्म सबै पारित भइसक्ने सचिवालयले जनाएको छ ।

हिजोको बैठकले असोज ३ गते संविधन जारी गर्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको थियो । आज हरितालिका तीजको ब्रत भएकाले महिला सभासद्ले संविधानसभा भवनभित्रै नाचगान गर्ने तयारी गरेका छन ।