Thaha

Saturday 21 September - 6:26 pm NST

प्रेसमा अंकुश लगाउने व्यवस्था संविधानसभाबाट पारित

काठमाण्डौं, २८ भदौ । नयाँ संविधान प्रेस स्वतन्त्रता विरोधी व्यवस्था सहित पारित हुने प्रष्ट भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी वाक्यांश हटाईयोस भन्ने प्रस्तावलाई प्रमुख ठूला दलले समर्थन नगरेपछि नयाँ संविधान प्रेसमा अंकुश लगाउने व्यवस्था सहित बन्ने प्रष्ट भएको हो ।

नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै आएको धारा १७ को उपधारा २ र धारा १९ को उपधारा १ मा रहेको प्रतिबन्धात्मक खण्ड हटाउन माग गर्दै आएपनि ठूला दलका सभाषद्को सहयोगमा संविधान सभाले त्यसलाई अस्वीकार गरेको छ ।  

अरु व्यवस्था पनि संशोधन हुने स्थिति छैन् । पत्रकार महासंघले धारा, २७, १०३, १८७ र २६८ मा प्रेस विरोधी व्यवस्था रहेको भन्दै आपत्ति जनाउँदै आएको छ । धारा १९ मा सूचनाको हक सम्बन्धित व्यवस्था छ । यो धारा प्रतिवबन्धात्मक व्यवस्था सहित पारित भएको छ । यसमा रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापाखाना वा अन्य सञ्चार माध्यमको नियमन गर्न ऐन बनाउन बन्देज लगाएको मानिने छैन  भनेर लेखिएको छ ।