Thaha

Saturday 21 September - 6:38 pm NST

पाँच सभासद संविधानसभामा फर्किए

काठमाण्डौं, २८ भदौ । पार्टीको निर्देशन उल्लंघन गर्दै हिजो मतदान बहिस्कार गरेका नेपाली कांग्रेसका तराई मधेसबाट निर्वाचन ५ जना सभासद् संविधानसभामा फर्केका छन् ।

प्रकृया बहिस्कार गर्ने बताएका तेजुलाल चौधरी, अमरेश कुमार सिंह, सुरेन्द्र चौधरी, राम अयोध्या यादव र दिनेश परसैला प्रकृयामै फर्केका तेजुलाल चौधरीले जानकारी दिनुभयो ।

उनीहरुले जर्वजस्ती प्रकृयामा सहभागी भएर पार्टी ह्वीप मान्नु पर्ने पार्टी निर्णय मान्य नहुने भन्दै उस्तै परे पार्टी नै छोड्ने चेतावनी दिएका थिए ।