Thaha

Saturday 21 September - 6:16 pm NST

नयाँ संविधान असोज ३ गते जारी हुने

काठमाण्डौं, २८ भदौ । २००७ सालदेखि जनताका प्रतिनिधिले बनाएको संविधानपाउने जनताको चाहना असोज  ३ गते पूरा हुने भएको छ ।

असोज ३ गते नेपालको संविधान २०७२ जारी हुने भएको हो । ३ गते बेलुकी ५ बजे संविधान जारी गर्ने गरी संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिले केही बेरमा राष्ट्रपति रामबरण यादवलाई भेटेर जानकारी गराउने सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

३ गते ५ बजे संविधानसभा भवनमै भब्य कार्यक्रम गरेर संविधान जारी गर्ने संविधानसभा सचिवालयले जनाएको छ ।