Thaha

Saturday 21 September - 6:32 pm NST

नेपालको आर्थिक स्वतन्त्रतको परिसुचकमा सुधार

काठमाण्डौं, २८ भदौ । नेपालको आर्थिक स्वतन्त्रतामा सुधार आएको छ ।

द प्रोस्पेरिटी फाउन्डेशनले आज सार्वजनिक गरेको प्रतिवेदनले १ सय ५७ राष्ट्र मध्ये विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ६ दशमलव ५३ अंकका साथ १ सय छैठौं स्थानमा रहेको छ । गत बर्षको तुलनामा नेपाल २० स्थान माथि उक्लेको हो ।

आर्थिक स्वतन्त्रताको अधिकांश परिसूचकमा यस बर्ष नेपाल सुधार आएको छ । न्याय व्यवस्था तथा सम्पत्ति माथिको अधिकारको सुरक्षामा ४ दशमलव ३३, स्वस्थ मुद्रामाथिको पहुँचमा नेपालले ६ दशमलव ४२ अँक ल्याएको छ । यस्तैगरी अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता र कर्जा श्रम र व्यवसायमा नियमन व्यवस्थातर्फ क्रमशः ६ दशमलव ४७ र ६ दशमलव ८५ अंक हासिल गरेको प्रतिवेदनले देखाएको छ ।

आर्थिक स्वतन्त्रतामा नेपाल दक्षिण एसियाली देशमध्ये तेस्रो स्थानमा छ । भुटान र श्रीलंका नेपालभन्दा अगाडी छन् भने बंगलादेश, भारत र पाकिस्तान पछाडी छन् ।