Thaha

Monday 29 April - 4:02 pm NST

सुनको मूल्य घट्यो

काठमाण्डौं, २८ भदौ । नेपाली महिलाको महान चाड तिजको संघारमा सुनको मूल्य घटेको छ ।

केहीसमय स्थिर रहेको सुन १ सय ५० रुपैंया घटेको छ । नेपाली बजारमा हिजो प्रतितोला ४९ हजार ९ सय रुपैँया रहेको छापावाल सुन आज ४९  हजार ७ सय ५० रुपैंयामा कारोवार भईरहेको सुनचांदी व्यवसायी संघले जनाएको छ ।

यस्तैगरी तेजाबी सुनको मूल्य ४९ हजार ५ सय रुपैंया रहेको छ । आज चांदी ६ सय ८० रुपैंयामा किनबेच भईरहेको छ ।