Thaha

Saturday 21 September - 5:22 pm NST

हिन्दुवादी र प्रहरीवीच बानेश्वरमा झडप

काठमाण्डौं, २८ भदौ । संविधानमा धर्मनिरपेक्ष हुन नहुने भन्दै दिउसो काठमण्डौंको नयाँ बानेश्वरमा हिन्दुवादीहरुले निकालेको जुलुसलाई प्रहरीले पानीको फोहोरले तितरबितर पारेको छ ।

राप्रपा नेपाल, खुमबहादुर खड्कालगायतको कार्यकर्ताले हिन्दुराष्ट्र हुनुपर्ने भन्दै निकालेको विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रर्दशनकारीबिच झडप भएको हो । माइतीघरमण्डालाबाट निस्केको विरोध जुलुस नयाँबानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसंग झपड भएको हो ।

प्रहरीले पानीको फोहोरसहित लाठीचाार्ज गरी तितरबितर पारेको प्रदर्शनकारीहरु फरी एक ठाउँमा जम्मा भएर सभामा जुटेका छन् ।