Thaha

Saturday 21 September - 5:30 pm NST

कैलालीमा कफ्र्युको समय बढाइयो

काठमाडौं, २८ भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाको सुदूरपूर्वी दङ्गाग्रस्त क्षेत्रका तीन गाविसमा आज कफ्र्यु कडा पारेको छ । इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार दङ्गाग्रस्त क्षेत्र अन्र्तगतका पथरैया, दुर्गौली र मुनुवा गाविसमा हिजो १२ घण्टा हटाइएको कफ्र्यु आज ७ घण्टा मात्रै हटाइएको छ । आज टीकापुर र भजनी त्रिशक्ति नगरपालिकासहित नारायणपुर, धनसिंहपुर, थापापुर र बौनियाँ गाविसलगायत सबै क्षेत्रमा विहान ५ बजेदेखि दिउँसो १२ बजेदेखि मात्र कफ्र्यु हटाइएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ । 
स्थानीय प्रशासनले पथरैया, दुर्गौली र मुनुवा गासिसमा हिजो बिहान ५ बजेदेखि साँझ ५ बजे सम्म १२ घण्टा कफ्र्यु हटाएको थियो ।  संविधान निर्माण अन्तिम चरणमा पुग्दै गर्दा सुरक्षा व्यवस्था कडा पारिएको कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले जानकारी दिनु भएको छ । सदरमुकाम धनगढीमा भने मध्यान्ह् १२ देखि ३ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको छ । यसैबीच प्रदेश सिमांकन विरुद्ध आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले कापिलबस्तुको सिमानाका शसस्त्र प्रहरीे आउट चेक पोष्ट मर्यादपुर आगजनी गरेका छन् । नेपाल प्रबेशद्वार नजिक रहेको अस्थायी पोष्टमा हिजो बेलुकी मोर्चाका कार्यकर्ताले तोडफोड गरी आगजनी गरेका हुन् ।