Thaha

Saturday 21 September - 5:20 pm NST

बहुपक्षिय छलफलमा प्रचण्ड

काठमाडौं, २७ भदौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वार्ताको सँगसँगै प्रकृया पनि थाल्ने गरी नेताहरुसँग छलफल गर्नुभएको छ । प्रचण्डले संविधानसभा भवनमै घनिभूत छलफल गर्ने गरी प्रकृया अघि बढाउने विषया आज एमााले अध्यक्ष केपी ओली, कांग्रेस नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण प्रसाद सिटौला, फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार उच्छदारसँग टेलिफोनमा कुराकानी गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 
संविधान निर्माण प्रकृया भाड्नका लागि विभिन्न पक्ष सकृय रहेको भन्दै प्रचण्डले त्यसबाट जोगिएर वार्तालाई निरन्तरता दिँदै संविधान जारी गर्नु पर्नेमा जोड दिएको प्रचण्डका स्वकिय सचिव चुडामणी खड्काले जानकारी दिनुभयो । एमाले अध्यक्ष ओली, प्रचण्ड र कांग्रेस नेता देउवा तत्काल संविधान जारी गर्न नसके मुलुक दुर्घटनामा पर्न सक्ने बताइरहेका छन् भने प्रधानमन्त्री सुशील कोइराला संविधान जारी गर्न हतार गर्न नहुने पक्षमा हुनुहुन्छ ।