Thaha

Saturday 21 September - 5:34 pm NST

संविधानसभाको बैठक बिहान ११ बजे , शीर्षनेताले सम्बोधन गर्ने

काठमाडौं, २७ भदौं । संविधानसभाको बैठक आज बस्दैछ । बिहान साढे ११ बजे पछि बस्ने बैठकमा प्रमुख दलका शिर्ष नेताहरुले बोलेर संसोधन प्रस्ताव पारित गर्ने प्रकृया शुरु हुने संविधानसभा सचिवालयले जनाएको छ । आज नेपाली कांग्रेस, नेकपा एमााले, एकीकृत माओवादी, राप्रपा नेपाल र नेपाल मजदुर किसान पार्टीका प्रमुख नेताले बोल्ने कार्यक्रम रहेको सचिवालयका सहप्रवक्ता सुदर्शन कुँईकेलले जानकारी दिनुभयो । 
नेताहरुले आफ्नो धारणा राखेपछि संशोधनकर्तालाई संसोधन फिर्ता लिनका लागि समय दिइनेछ । फिर्ता नलिएका प्रस्ताव उपर उपस्थित संख्याको दुई तिहाईको ध्वनी मतले निर्णय गरिनेछ । कम्तिमा १० प्रतिशतले मत विभाजन मागेमा निर्णय मतदानद्धारा गरिनेछ । संविधानमा परेका ५४ वटा संसोधन प्रस्ताव भोलीसम्मा टुंग्याउने सचिवालयको भनई छ । संविधानको अन्तिम विधेयक पारित गर्नका लागि भने जम्मा सदस्य संख्याको दुई तिहाईको मतदानद्धारा गरिनेछ । नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको संविधानसभादलले साझा प्रस्तावका पक्षमा उभिन आफ्ना सभासद्लाई निर्देशन दिइसकेका छन ।