Thaha

Saturday 21 September - 5:32 pm NST

काँग्रेसको वैधानिकता जोगाउन अन्तरिम संविधान संशोधन विधेयक दर्ता


काठमाण्डौ, २६ भदौ । नेपाली कांग्रेसले समयमै महाधिवेशन गर्न नसक्ने भएपछि अन्तरिम संविधान संशोधनका लागि संसदमा संसोधन विधेयक दर्ता भएको छ ।

अन्तरिम संविधान संसोधनको १३ औं संसोधनका लागि कानुन मन्त्रालयले विधेयक संसद सचिवालयमा दर्ता गरेको हो । विधेयकमा कुनै राजनीतिक दलले तोकिएको समयभित्र महाधिवेशन गर्न नसके ६ महिना थप्न सकिने उल्लेख छ ।

नेपाली कांग्रेसले समयमै महाधिवेशन गर्न नसकेपछि वर्तमान कार्यसमितिको वैैधानिकता असोज ५ गतेदेखि सकिदैछ । अन्तरिम संविधानमा  राजनीतिक दलले पदाधिकारीको निर्वाचन पाँच वर्षमा कम्तिमा एक पटक गर्नुपर्ने व्यवस्था छ । तर कांग्रेसले महाविधेशन गर्न नसकेपछि अन्तरिम संविधान संशोधन गरेर तोकिएको समयभित्र पदाधिकारीको चुनाव गर्न नसके ६ महिना थप्न सकिने व्यवस्था गर्न लागिएको छ ।

विधेयकलाई अब बस्ने संसद बैठकमा पेश गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।