Thaha

Saturday 22 August - 1:39 pm NST

राप्रपा नेपाल संविधानसभामा फर्कियो

काठमाण्डौ, २६ भदौं । राप्रपा नेपालले संविधानसभाको बाँकी प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको शनिवार बसेको बैठकले संविधानसभा बहिस्कार गर्ने निर्णय फिर्ता लिएको हो । तीन दलले पत्र लेखेर फर्किन आग्रह गरेपछि राप्रपा नेपालले त्यसलाई सकारात्मक रुपमा लिँदै फर्कने निर्णय गरेको छ । ‘आप्नो एजेण्डाको रक्षाका लागि पनि हामी संविधानसभामा बस्नुपर्ने भयो ।’

राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले थाहा संचारसँग भन्नुभयो– त्यसैले संविधान सभामा फर्किने निर्णय गर्यौं ।’ बैठकले आफ्नो एजेण्डा संविधानसभा मार्फत कार्यान्वयन गर्न अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको सह श्रेष्ठले जानकारी दिनुभयो । राप्रपा नेपालले विहीवार संविधानसभाको बाँकी प्रक्रियामा सहभागी नहुने निर्णय गरे लगतै तीन दलले अध्यक्ष कमल थापासँग भेटवार्ता गर्नुका साथै पत्र नै लेखेर संविधानसभामा फर्किन आग्रह गरेका थिए ।  

राप्रपा नेपाल संविधान सभाको चौथो शक्ति हो र उसको २५ सिट छ ।