Thaha

Saturday 21 September - 3:35 pm NST

प्रचण्ड र गच्छदारबीच भेटवार्ता

काठमाडौं, २६ भदौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच भेटवार्ता भएको छ । बिहान भएको भेटमा   वार्ताका माध्यमबाट समस्या समाधानका लागि आग्रह गर्दै माओवादी अध्यक्ष प्रचण्डले असहमतिका साथ संविधानजारी गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । आन्दोलनरत शक्तिका जायज माग सम्बोधन गर्न आफूले पहल गरिरहेको भन्दै उहाँले गच्छदारलाई सहमतिमा आउनका लागि आग्रह गर्नुभयो । 
स्रोतका अनुसार गच्छदार माओवादीको प्रस्ताव अनुसार पश्चिम तराईमा थारुवान थरुहट प्रदेशको सम्बोधन भए संविधान लेखन प्रकृयामा सहभागि हुनेछन । आजदिनभरमा कुरा मिलेमा बेलुकी औपचारिक वार्तागर्ने मुख्यतीनदलको तयारी छ ।