Thaha

Saturday 21 September - 3:17 pm NST

पश्चिम तराई सामान्य बन्दै


काठमाडौं, २६ भदौ । पश्चिमी तराईमा भने आन्दोलनको प्रभाव कम हुँदै गएको छ  । ९ जनाको ज्यान जाने गरि कैलालीमा भएको हिंसात्मक घटनापछि पश्चिम तराई अशान्त बनेको थियो ।

चाडपर्व नजिएकाले बन्द र प्रर्दशन कम भएको हो । कैलालीको टिकापुर क्षेत्रमा स्थानीय प्रशासनले बिहान ५ देखि दिउँसो १२ बजे सम्म कफ्र्यु हटाएपछि जनजीन सामान्य बन्दै गएको छ भने बन्दकर्ता पनि सडकमा देखिन छाडेका छन् । यस्तै बाँके बर्दियामा पनि बन्दको प्रभाब कम हुदै गएको छ ।

बर्दियामा बन्दआवहान गरेको थरुवान–थारुहट संयुक्त संघर्ष समितिले चारदिन अघिदेखि भोली सम्मकालागि बन्द औपचारिक जानकारी नै गराएर बन्द फिर्ता लिएको छ । नेपालगन्जमा केहिदिन यता बन्दको कुनै प्रभाब देखिएको छैन । तर आज कोहलपुर क्षेत्रमा भने बन्दको प्रभाब केहि देखिएको भएपनि जनजीवन शान्त छ ।

भोली थारु समुदायको प्रमुख पर्व मानिने ‘आइतवारे पर्व’ परेकोले पनि थारु समुदाय त्यसै तर्फ केन्द्रित भएका छन् । यस्तै दाङमा पनि केहिदिन यता बन्दको प्रभाब खासै परेको छैन ।