Thaha

Saturday 21 September - 3:32 pm NST

मधेशवादी दलले आन्दोलनलाई निरन्तरता दिने


काठमाडौं, २६ भदौ । संघीय समाजवादी फोरम नेपाल लगायत आन्दोलनरत मधेसवादी दल र थारुवान थरुहट संयुक्त संघर्ष समितिले भने आन्दोलनलाई निरन्तर्ता दिने बताएका छन । सरकारले आफूहरुका माग सम्बोधन नगरेकाले वार्ताको वातावरण नबनेको नेताहरुले बताएका छन ।

संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले सरकारले वार्ताका लागि आग्रह गरेपनि वातावरण नबेकाले आफूहरु वार्तामा नबस्ने बताउनु भएको छ । उहाँले तराईमा सेना परिचालन फिर्ता नभएसम्म, विगतका सहमति कार्यान्वयन नभएसम्म र संविधान लेखनको प्रकृया कम्तिमा एकहप्तासम्म नरोकेमा वार्ता हुन नसक्ने बताउनु  भयो । त्यस्तै थारुवान थरुहट संयुक्त संघर्ष समितिले पनि वार्ताका लगि वातावरण नबनेको जनाएको छ ।

थारु राष्ट्रिय मुक्ति मोर्चाका कार्यवहाक अध्यक्ष सन्तकुमार थारुले वातावरण तयार नभएकाले वार्ताको सम्भावना नरहेको बताउनु भयो । हिजो प्रमुख तीन दलले संविधान निर्माण प्रक्रिया स्थगित गरेर असन्तुष्ट पक्षसँग वार्ता गर्ने निर्णय गरेका थिए । तीन दलले २ दिन प्रक्रिया स्थगित गर्ने निर्णय गरेका हुन् । अब संविधानसभा बैठक भोली विहान साढे ११ बजे बस्नेछ ।