Thaha

Saturday 21 September - 3:26 pm NST

खेलकुलमन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न अख्तियारको निर्देशन

काठमाडौं २५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको आरोपमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडललाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । 
मन्त्री पौडेलले राष्ट्रिय खेलकुद परिषदमा सदस्य सचिव नियुक्त गर्नेक्रममा पदको दुरुपयोग गरी अनुचित कार्य गरेको ठहर गर्दै अख्तियारले शुक्रबारकारबाहीका लागि प्रधानमन्त्री सुशील कोइरालालाई पत्र पठाएको जनाएको छ । त्यस्तै, गैरकानुनी तरबाट सदस्यसचिव नियुक्त गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ ख बमोजिम आवश्यक कारबाही गराउन युवा तथा खेलकुद मन्त्रालयमा पनि अख्तियारले पत्र पठाएको छ । खेलाडी विदेश भगाएको आरोप लागेका केशवकुमार विष्टलाई मन्त्री पौडेले गत असार १० गते खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गर्नुभएको थियो । गत वर्ष दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुद प्रतियोगितामा खेलाडीको आवरणमा अरुलाई लगेर प्रतिव्यक्ति १५ लाख रुपैयाँ लिएको आरोपपछि विष्टलाई सबै खेलकुदका गतिविधमा प्रतिबन्ध लगाइएको थियो । 
मन्त्री पौडेलले आफूलाई प्राप्त अधिकार, कानुनविपरीत कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान ऐन २०४८ को दफा ३ मा व्यवस्था भएअनुसार उनलाई कारबाहीका लागि सफारिस गरिएको अख्तियाले रुपष्ट पारेको छ । त्यस्तै, आफ्नो जिम्मेवारी पूरा नगरेको आरोपमा परिषद्, खेलकुद विकास विभाग अन्तर्गत संघ, संस्था समन्वय शाखा प्रमुख टेकप्रसाद कटेललाई स्पष्टकरण माग गरी कारबाही प्रक्रिया अगाडि बढाउने अख्तियारले जनाएको छ ।