Thaha

Saturday 21 September - 3:37 pm NST

जनकपुरमा प्रहरीको गोली लागेर ३ जना प्रदर्शनकारीको मृत्यु, दुई दर्जन बढी घाईते

काठमण्डौं २५, भदौं । जनकपुरमा प्रहरीको गोली लागेर ३ जना प्रदर्शनकारीको मृत्यु भएको छ । दुई दर्जन भन्दा बढी घाईते भएका छन् । प्रहरीको गोली लागेर धनुषा जमुनियाका श्रीनारायण यादवका १६ वर्षका छोरा नितु यादव र धनुषा सबैलाका विनोद साह र महेन्द्रनगरका सञ्जय चौधरीको मृत्यु भएको हो । 
कफ्र्युको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले नगरक्षेत्रमा प्रवेश गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीले मिल्स एरियामा प्रहरीले गोली चलाउँदा यादवको घट्ना स्थालमै र चौधरी र साहको उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । घाईतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । घाईते सबैजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ । 
घट्नापछि जनकपुरको अवस्था तनावग्रस्त भएको छ । अहिले पनि जनकपुरको ठाउँ ठाउँमा प्रदर्शन र झडप जारी छ । यस्तै महोत्तरीको जलेश्वरमा पनि एक प्रर्दशनकारीको मृत्यु भएको छ । कफर््यु तोडेर प्रर्दशन गर्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर हाथिलेककी राजशिला मण्डलको मृत्यु भएको हो ।