Thaha

Saturday 21 September - 3:14 pm NST

तीन दलको बैठकमा एमाओवादीद्वारा संविधान निर्माण प्रक्रिया रोक्न प्रस्ताव

काठमाडौं, २५ भदौ । आन्दोलनरत दलका माग सम्बोधन गर्ने प्रमुख तीन दलको प्रयास जारी छ । बालुवाटारमा जारी प्रमुख तीन दलको बैठकमा एकीकृत माओबादीले संबिधान निमार्णको प्रकृया रोकेर आन्दोलनरत दलको माग सम्बोधन गर्ने प्रस्ताब गरेको छ ।

प्रस्ताब पेस गरेपछि माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराई बैठकबाट केहिबेर बाहिरिएका थिए । काग्रेस–एमालेको आन्तरिक छलफल पछि फेरी दलहरु छलफलमा जुटेका छन् । हिजो बेलुकी अध्यक्ष प्रचण्ड, नेता भट्टराई र उपाध्ययक्ष नारायणकाजी श्रेष्ठबीच भएको छलफलपछि एकीकृत माओवादीले आन्दोलनरत दलको माग सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

सोहि अनुरुपमा माओबादीले तीन दल बैठकमा संबिधान निमार्ण प्रकृया रोक्न प्रस्ताब गरेको हो । श्रोतका अनुसार काग्रेस एमाले माओबादी प्रस्ताब प्रति सकारात्मक देखिएका छैनन् । काग्रेस–एमालेको प्रतिक्रिया पछि उपाध्यक्ष श्रेष्ठलाई बैठक स्थलमा छाडेर आन्तरिक छलफल गर्न भन्दै माओबादी अध्यक्ष प्रचण्ड र नेता भट्टराई केहिबेर बैठकबाट बाहिरिएका थिए ।