Thaha

Saturday 21 September - 3:27 pm NST

मुख्य तीन दल छलफलमा


काठमाडौं, २५ भदौ । आन्दोलनरत दलका माग सम्बोधनका लागि मुख्य तीन दल छलफलमा छुटेका छन् । दलका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा एकीकृत माओवादीले संविधानसभामा जारी संविधान निर्माण प्रक्रिया रोकेरै भएपनि आन्दोलनरत दललाई सहमतिमा ल्याउनुपर्ने प्रस्ताव राख्ने भएको छ । हिजो बेलुकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच भएको छलफलपछि एकीकृत माओवादी यस्तो निश्कर्षमा पुगेको हो । हिजो राष्ट्रपति डाक्टर रामवरण यादवले पनि अध्यक्ष प्रचण्डलाई सकभर सबैलाई समेटेर अघि बढ्न सुझाव दिनुभएको थियो ।

संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला मधेशवादी दलसहित चौथो ठूलो दल राप्रपा नेपालले पनि संविधान निर्माण प्रक्रियाबाट अलग रहने घोषणा गरेपछि ठूला तीन दल समस्यामा छन् । बैठकले आजबाट संविधानसभामा सुरु हुन लागेको मतदान प्रक्रिया रोक्ने कि नरोक्ने र आन्देलनरत दलहरुलाई कसरी सहमतिमा ल्याउने भन्ने बारे ठोस निर्णय गर्नेछ ।