Thaha

Saturday 21 September - 3:16 pm NST

जापानमा भीषण बाढी, ९० हजार मानिस बिस्थापित


काठमाडौं, २४ भदौ । उत्तरपूर्वी जापानमा आएको भीषण बाढीका कारण ९० हजार मानिस बिस्थापित भएका छन् । दुई दिन देखिको भारी बर्षका कारण स्थानीय किनुगावा नदी बाँध फुुटेर बस्तीमा पसेपछि जोशो शहरका मानिसहरु घर छोड्न बाध्य भएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म एक जना हराइरहेको र १२ जना घाइते भएको प्रारम्भिक जानकारी आएको जापानी सुरक्षाकर्मीहरुले बताएका छन् । मानिसहरु उद्दारको पर्खाईमा घरको छतमा बसिरहेका छन् । उनीहरुलाई उद्दारका लागि हेलिकप्टरसहितको उद्दार टोली परिचालन गरिएको छ ।

बाढीले घर र सवारी साधनहरु बगाएको छ । बाढीका कारण विभिन्न क्षेत्रमा हवाइ र रेल सेवा रद्ध गरिएको छ भने बिद्युत अवरुद्ध भएको छ । जापानका प्रधानमन्त्री सिन्जो आवेले सरकार एकजुट भएर उद्धारमा खटिएको बताउनुभएको छ ।  (एजेन्सीको सहयोग)