Thaha

Saturday 21 September - 3:09 pm NST

सबैलाई सहमतिमा ल्याउन सुझाव

काठमाडौं, २४ भदौ । राष्ट्रपति डाक्टर रामबरण यादबले सकेसम्म सबै दललाई सहमतीमा ल्याएर संबिधान जारी गर्न सुझाब दिनुभएको छ ।

बिहीबार बिहान शितलनिवासमा एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा राष्ट्रपति यादबले यस्तो सुझाब दिनुभएको हो । भेटपछि माओबादी अध्यक्ष प्रचण्डले सन्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिले देशमा जारी हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै सकेसम्म सहमती जुटाउन राम्रो हुने सुझाब दिएको बताउनुभयो ।

भेटवार्तामा प्रचण्डले प्रमुख दलहरुले असन्तुष्ट पक्षसँग वार्ता र सहमतीको पहल गरिरहेको बताउनुभएको थियो । वार्ताको प्रयास अझै जारी रहेको र अधिक्तम सहमतिका साथ संबिधान जारी गर्ने पहल भैरहेको आफुले राष्ट्रपतिलाई जानकारी गराएको प्रचण्डले बताउनुभयो ।