Thaha

Saturday 21 September - 3:43 pm NST

पूर्वी तराईमा सुरक्षा व्यवस्था कडा


काठमाडौं, २४ भदौ । पूर्वी नेपालमा भएको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षाव्यवस्था कडा पारिएको छ । तर ठाउँ ठाउँमा प्रदर्शन भने चलिरहेको छ ।  हिजो महोत्तरी र सप्तरीमा ४ प्रदर्शनकारीको मृत्यु भएपछि तराईका विभिन्न जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

महोत्तरी प्रशासनले हिजोको प्रर्दशन हिंसात्मक भएपछि सुरक्षा व्यबस्था कडा बनाएको प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले जानकारी दिनुभयो । प्रर्दशकारीले गएराती पनि ग्रामिण क्षेत्रका इलाका प्रहरी कार्यालय आक्रमणको प्रयास गरेका थिए । यस्तै सप्तरी प्रशासनले पनि हिंसात्मक घटना हुन नदिन सर्तकताका साथ लागेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादबले हिंसात्मक घटना हुन हरेक खाले सर्तकता अपनाइएको बताउनुभयो ।

यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीले टीकापुर क्षेत्रमा आज विहान ६ घण्टाकोलागि कफ्र्यू हटाइएको थियो । टिकापुर क्षेत्रमा १२ बजेपछि फेरि कफ्यु लगाइएको छ । प्रदेश सिमांकनको विषयमा असहमती जनाउदै विभिन्न मधेसबादी दल थरुहट–थारुवान संयुक्त संघर्ष समिति लगायतले झण्डै एक महिना यता तराइमा बन्द जारी राखेका छन् ।