Thaha

Saturday 21 September - 3:22 pm NST

वार्ता गर्ने वातावरण छैनः मधेशी मोर्चा


काठमाडौं, २४ भदौ । वार्ताको वातावरण तयार नभएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मुख्यदलको वार्ताको प्रस्ताव अस्विकार गरेको छ ।

बिहीबार बिहान रुपन्देहीको भैरहवामा बसेको मोर्चाको बैठकले वातावरण नभएको ठहर गर्दै वार्ता नगर्ने निर्णय गरेको सद्भावना पार्टिका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । संविधान निमार्णको प्रकृया रोकेर बार्ताको वातावरण बनाउनु पर्नेमा त्यसो नगरिएको, मधेस तथा थारु आन्दोलनका क्रम परिचालित सेना फिर्ता नभएको, दंगाग्रस्त क्षेत्रहरु हटाइनुपर्ने र ठाउँ ठाउँमा लगाइएको कफ्र्यु हट्यो भने मात्रै वार्तामा बस्न सकिने अडान मोर्चाले दोहोर्याएको छ ।

यसैबीच संयुक्त मधेसी मोर्चाका नेता उपेन्द्र यादवले वार्ताका लागि तीनवटा सर्त सरकारले पुरागर्नुपर्ने बताउनु भएको छ । रेडियो थाहा संचारसंग कुराकानी गर्दै यादवले सेना तथा शसस्त्र प्रहरीलाई व्यारेक फिर्ता गर्नुपर्ने, संविधानजारी गर्ने प्रकृया रोक्नुपर्ने र विगतका सहमति कार्यान्वयन भएमात्र वार्ता हुने बताउनु भयो । यसअघि हिजो मुख्यतीनदलले आन्दोलनरत दललाई वार्ताका ल ागि आग्रह गरेका थिए ।