Thaha

Saturday 27 April - 10:40 pm NST

सुनको भाउ घट्यो


काठमाडौं, २४ भदौ । आज सुनको भाउ घटेको छ । केही समयदेखि अस्थिर रहेको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेको हो ।  हिजो तोलाको ५० हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ४९ हजार ८ सय रुपैयाँ  तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तीन सातापछि सुनको मूल्य ५० हजारबाट तल झरेको हो । यसअघि भदौ २ गते तोलाको ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन त्यसयता ५० हजार माथि नै कारोबार हुँदै आएको थियो । आज चाँदी पनि तोलामा ५ रुपैयाँ घटेर ६ सय ८५ मा कारोबार भइरहेको छ ।