Thaha

Saturday 21 September - 3:31 pm NST

बीपी जयन्ती मनाईँदै

काठमाडौं, २४ भदौ । नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको एकसय एक औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, बिपी सङ्ग्रहालय सुन्दरीजल लगायत देशका विभिन्न ठाउँमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

त्यस्तै विपी चिन्तन प्रतिष्ठानले दिउँसो जन्म जयन्तीको सन्दर्भमा ‘शताब्दी पुरुषः वी.पी. कोइराला’ विषयक विचारगोष्ठी गर्दैछ । विक्रम संवत १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो ।  

२०१५ सालमा भएको आम निर्वाचन पछि १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात आठ वर्ष जेलजीवन बिताउनु भएको थियो । राजनीतिज्ञ मात्र नभएर साहित्यकारको रुपमा समेत परिचित कोइरालाका दोषीचश्मा, तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी लगायतका कृति चर्चामा छन ।

कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । विपीले अंगिकार गरेको समाजवादको बाटो नेपाली काँग्रेसले विर्सेको भन्दै आलोचना हुने गरेको छ ।