Thaha

Saturday 21 September - 3:24 pm NST

संसोधन प्रस्तावमाथिको छलफल सकिने


काठमाडौं, २४ भदौ । संविधानको परिमार्जित विधयेकमाथि संसोधन प्रस्ताव दर्ता गराएका सभासदहरुले बोल्ने क्रम आज सकिँदैछ ।

संसोधन प्रस्ताव दर्ता गराएका ६ जना सभासदले आफ्नो धारणा राखेपछि संसोधन प्रस्ताव माथिको छलफल सकिने संविधानसभा सचिवालयले जनाएको छ । ५४ सभासदले राखेको संसोधन प्रस्तावमा ६४ सभासदले बोल्ने कार्यसूची अन्तर्गत ५८ जनाले आफ्नो धारणा राखिसकेका छन् ।

छलफल सकिएपछि आजै सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईँकेलले जानकारी दिनुभयो । संविधानसभाको बैठक अहिले केहीबेरमा सुरु हुँदैछ ।