Thaha

Saturday 21 September - 3:23 pm NST

राष्ट्रपति यादव र प्रचण्डबीच भेटवार्ता


काठमाडौं, २४ भदौ । राष्ट्रपति डाक्टर रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भैरहेको छ ।

राष्ट्रपति भवन सित्तल निवासमा भैरहेको छलफल संविधानजारी गर्ने प्रकृया, तराईमा चलिरहेको आन्दोलन र आन्दोलनरत दलसंगको वार्ताका विषयमा केन्द्रीत छ । एकीकृत माओवादीले तराईमा चलिरहेको आन्दोलन वार्ताको माध्यमबाट समाधान गर्न पहल थालेको थियो ।

यसैबीच संयुक्त मधेसी मोर्चाका नेता उपेन्द्र यादवले वार्ताका लागि तीनवटा सर्त सरकारले पुरागर्नुपर्ने बताउनु भएको छ । रेडियो थाहा स.चारसंग कुराकानी गर्दै यादवले सेना तथा शसस्त्र प्रहरीलाई व्यारेक फिर्ता गर्नुपर्ने, संविधानजारी गर्ने प्रकृया रोक्नुपर्ने र विगतका सहमति कार्यान्वयन भएमात्र वार्ता हुने बताउनु भयो । यसअघि हिजो मुख्यतीनदलले आन्दोलनरत दललाई वार्ताका ल ागि आग्रह गरेका थिए ।