Thaha

Saturday 23 November - 9:59 pm NST

संविधानसभाको आजको बैठक पनि शुरु

काठमाडौं, २३ भदौ । संविधानसभाको बैठकमा आज पनि संविधानको संशोधन प्रस्ताव माथिको धारावाहिक छलफल शुरु भएको छ । बिहान साढे १० बजे बस्ने तय भएको बैठक केहीबेरअघि मात्र शुरु भएको हो । बैठकमा संशोधनकर्तालाई बोल्नका लागि समय दिइनेछ । आठवटा संशोसन प्रस्तावका सात जनाले आफ्ना कुरा राखेका थिए । संविधानको विधेयक माथि ५४ वटा संसोधन परेका छन् । संसोधनकर्ताले बोलिसकेपछि अन्य सभासद्लाई बोल्ने समय दिइनेछ ।
 धारावाहिक छलफलका लागि ४ दिनको समय तय गरिएको भए पनि छलफल छोटो हुने भएको छ । ६ वटा मधेसवादी दलका ५४ जनाले संविधानसभा छोडेको र प्रमुख दलका सभासद्लाई पनि सकेसम्म संसोधन प्रस्ताव माथि नबोल्न दवाव परेकाले छलफल छोटो हुने भएको हो । बोल्नका लागि नाम टिपाउने दिइएको हिजो बेलुकी ७ बजेसम्ममा २ सय ७९ जना सभासद्ले नाम टिपाएको सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।