प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, आन्दोलनरत दलका माग सम्बोधनका लागि दबाब
काठमाडौं, २३ भदौ । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा असन्तुष्ट पक्षका माग सम्बोधन कसरी गर्न सकिन्छ भनेर छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
अहिलेको संविधान निर्माण प्रकृया रोकेर भएपनि असन्तुष्ट पक्षका माग सम्बोधन गर्नु पर्ने भन्दै आफ्नै पार्टीबाट समेत दवाव बढेपछि दुई पार्टीका शिर्ष नेताबीच छलफल भएको हो । कोइराला र प्रचण्ड दुवैलाई पार्टीभित्रैबाट असन्तुष्टका माग सम्बोधनका लागि दबाब बढेको छ ।