Thaha

Monday 11 November - 5:12 am NST

प्रचण्ड र ठाकुरबीच भेटवार्ता

काठमाडौं २२ भदौ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तराई मधेश लोकतान्त्रिक (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । 
प्रचण्ड निवास लाजिम्पाटमा मंगलबार भएको भेटमा दुवै नेताले वार्ताबाटै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन् । भेटमा तमलोपा अध्यक्ष ठाकुरले वार्ता र सहमतिबाटै समस्या समाधान गर्न आफूहरु तयार रहे पनि ठूला दलले पेलेकोले स्थिति बिग्रेको बताएको एकीकृत माओवादी अध्यक्ष प्रचण्डका स्वकीयसचिव चुडामणि खड्काले बताउनुभयो । ठाकुरले बल मिच्याइँ गरे स्थिति अझै बिग्रनेतर्फ पनि प्रचण्डसहित ठूला दलका नेताको ध्यानाकर्षण गराउनुभएको छ । 
भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले वार्ता र संवादबाटै समस्याको समाधान खोज्न आफूहरु तयार रहेकोले वार्तामा आउन ठाकुरलाई आग्रह गर्नुभएको छ ।