Thaha

Saturday 23 November - 10:20 pm NST

फोरम लोकतान्त्रिक औपचारिक रुपमै संविधान निर्माण प्रक्रियाबाट बाहिरियो

काठमाडौं २२, भदौ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) संविधान निर्माणको प्रक्रियाबाट औपचारिक रुपमै अलग भएको छ । 
फोरम अध्यक्ष विजयकुमार गच्छदारले आज सिंहदरबारमा सभामुख सुवासचन्द्र नेम्वाङलाई भेटेर संविधान परिमार्जित विधेयकले देशको समस्या समाधान नगर्ने भन्दै नयाँ परिस्थितिमा सहमति नभएसम्म अलग हुने जानकारी गराउनुभएको हो । ज्ञापनपत्र बुझाएर बाहिरनेक्रममा पत्रकारसँग कुरा गर्दै गच्छदारले आफूहरुले संशोधन प्रक्रियाबाट आफ्ना माग सम्बोधनको पहल गर्न पनि नेम्वाङलाई आग्रह गरेको बताउनुभयो । अध्यक्ष नेम्वाङले असन्तुष्ट थारु, मधेसी, जनजातिलगायतको माग पूरा गर्ने ठाउँ अभैm रहेको बताउँदै आफू्रले पहल गर्ने बताएको गच्छदारले जानकारी दिनुभयो । उहाँका अनु्सार अभैm माग सम्बोधन गर्ने ठाउँ रहेको भन्दै नेम्वाङले सक्दो पहल गर्ने बताएका छन् । 
फोरम लोकतान्त्रिकको संसदीय दलका नेता समेत रहेका गच्छेदारले संविधान निर्माण प्रक्रिया अन्तिम विन्दुसम्म ल्याउन आपूmले ठूलो भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले तीनतिर फर्केका प्रमुख दललाई एक ठाउँमा ल्याएर १६ बुँदे सहमति गराएको समेत दाबी गर्नुभयो । गच्छदारले १६ बुँदे सहमतिअनुसार ८ प्रदेश भएमात्र आफूहरुलाई मान्ने हुने विकल्प सभाध्यक्ष नेम्वाङसँग राखेको पनि जानकारी गराउनुभयो । 
फोरमले संविधान जसरी पनि जारी गर्नुपर्छ भन्दै असन्तुष्ट पक्षसँग संविधान निर्माण प्रक्रियालाई केही ढिला गरी समाधान गर्न सकिने मत राखेको छ । आधा जनसंख्या रहेको तराई, मधेसको मागलाई सम्बोधन गरिएन भने देशमा राजनीतिक दुर्घटना हुने गच्छदारको चेतावनी छ ।