Thaha

Sunday 28 April - 12:04 am NST

प्याजको मूल्य घट्यो, ढुक्क हुनुहोस् अब बढ्दैन

काठमाण्डौ २० भदौ । नेपाली बजारमा केहि समय अघि बढेको प्याजको मूल्य घट्न थालेको छ । चिनियाँ प्याज आयात भएकोले मूल्य घट्न थालेको व्यवसायीहरुले बताएका छन । भारतीय प्याजको मूल्य बढेपछि केहि दिन यता नेपाली बजारमा चिनियाँ प्याज भित्रिने क्रम बढेको छ ।

घरायसी प्रयोगका लागि भारतीय प्याज नै प्रयोग गरिपनि धेरै होटलहरुले तुलनात्मक रुपमा सस्तो मूल्यमा पाइने चिनियाँ प्याज प्रयोग गर्न थालेका छन् । होटलहरुले चिनियाँ प्याज प्रयोग गरेपछि भारतीय प्याजको माग घटेकोले मूल्य पनि घट्न थालेको हो । कालिमाटि तरकारी बजारका अनुसार अहिले भारतीय प्याजको थोक मूल्य प्रतिकिलो ९८ रुपैयामा झरेको छ ।

 

यसअघि प्याजको मूल्य बढेर प्रतिकिलो १ सय २० सम्म पुगेको थियो । चिनियाँ प्याजको थोक मूल्यभने अहिले प्रतिकिलो ७५ रुपैया छ । बजारमा चिनियाँ प्याज भित्रिन थालेकोले अब प्याजको मुल्य बढ्ने संभावना नभएको कालिमाटी तरकारी बजारका थोक बिक्रेता भगवानचन्द्र उप्रेतिले बताउनुभयो ।