Thaha

Sunday 28 April - 2:53 am NST

सवारी भाडामा पनि स्वचालित मूल्य प्रणाली, दशैं अघि नै भाडा घट्ने

इश्वरी अधिकारी, काठमाण्डौ १८ भदौ । सरकारले सार्वजनिक सवारी साधनको भाडा दरमा पनि स्वचालित मुल्य प्रणाली लागु गर्ने भएको छ । सरकारले गत वर्ष असोजदेखि पेट्रोलिय पदार्थमा स्वचालित मुल्य प्रणली लागु गरेको थियो ।

स्वचालित मुल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मुल्य घटिरहेकोले भाडा दर पनि सोहि अनुसार समायोज गर्दा सहज हुने भन्दै सरकारले त्यसको तयारी शुरु गरेको हो ।सरकारका मुख्य सचिबको नेतृत्वमा रहेकोकेन्द्रिय अनुगमन तथा मुल्यांकन समितिले विभिन्न चरणमा छलफल गरि यस्तो प्रणली लागु गर्न निर्देशन दिइसको छ । अब तत्कालै पेट्रोलियम पर्दाथमा मुल्य समायोजन भएजस्तै भाडा पनि स्वचालित रुपमा समायोजन हुने व्यबस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको मुख्यसचिब सोमलाल सुबेदीले थाहासन्चार नेटवर्कलाई बताउनुभयो ।

त्यस अनुरुप भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई  सार्बजनिक सवारी साधनको भाडा दरमा समेत स्वचालित मुल्य प्रणाली कायम गर्ने तयारी थालेका छन् । यातायात व्यबस्था बिभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले पनि पेट्रोलियम पदार्थमा जस्तै स्वचालीत प्रणाली लागु गर्ने विषयमा पनि छलफल भैरहेको बताउनुभयो ।स्वचालित प्रणली लागु भए पेट्रोलियम पदार्थको मुल्यमा प्रतिलिटर पाँच रुपैया घटबढ भए स्वत भाडादर पनि निश्चित प्रतिशतमा घटबढ हुने छ ।

 

पेट्रोलियम पर्दाथको मुल्य पटक–पटक घटेपनि सार्बजनिक सवारी साधनको भाडा नघटाएको भन्दै आलोचना भएपछि त्यसबाट बच्न सहज हुने भन्दै सरकारले यस्तो प्रणली लागु गर्ने तयारी गरेको हो । भाडा समायोजन गर्दा इन्धनको हिस्सा ३५ प्रतिशत र अन्य सुचकको हिस्सा ६५ प्रतिशत मान्ने गरिएको छ ।

केहि दिन भित्रै भाडा घट्छ– महानिर्देशक श्रेष्ठ


स्वचालित मुलय प्रणाली लागु गर्न केहि समय लाग्न सक्ने भन्दै सरकारले त्यसअघि नै भाडादर समायोजनको तयरी गरिरहेको छ । पेटोलियम पदार्थको मुल्य घटिरहेकोले भाडा दर समायोजनको तयारी भैरहेको यातायात व्यबस्था बिभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

अब केहि दिन भित्रैसार्बजनिक सवारी साधनको भाडा घटाएर नयाँ भाडादर कायम गरिने उहाको भनाई छ । सरकारले पछिल्लो पटक गत वर्ष फागुन ९ गते भाडा समायोजन गरिएको थियो ।यसअघि प्रतिलिटर डिजेल तथा पेट्रोलको मुल्य पाँच रुपैया घटेपछि मात्रै मुल्य समायोजन गर्न मिल्ने भन्दै सरकारले भाडा समायोजन गरेको थिएन । तर, सरकारले पाच रुपैया मुल्य घटेकोले भाडा घटाउने तयारी गरिरहे पनि यातायता व्यबसायी अहिले नै भाडा दर नघटाउन नसकिने बताउछन् छन् ।

डिजेलको मुल्य प्रतिलिटर पाँच रुपैया भन्दा बढि नघटेको दाबी गर्दै व्यबसायीले यस्तो अडान लिएका हुन् । यातायात व्यबसायी साष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष डोलराज खनालले सरकारले तयारी गरेपनि तत्कालै भाडा नघट्ने बताउनुभयो । घटेको मुल्य कार्यान्वयन भइसके पनि भाडा नघट्दा सर्बसाधारणले पेट्रोलियम पदार्थमा मुल्य घटेको अनुभुति गर्न पाएका छैनन् ।