Thaha

Monday 20 May - 7:22 pm NST

आन्दोलनमा दमनबारे मधेसी मोर्चाद्वारा अन्तर्राष्ट्रिय जगतलाई जानकारी

काठमाडौं १६ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफूहरुको आन्दोलनमा सरकारले अत्याधिक बल प्रयोग गरेको भन्दै अन्तराष्ट्रिय समुदायलाई जानकारी गराएको छ ।
कुटनीतिक नियोग र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारलाई संघीय समाजवादी फोरमका अध्यक्ष एव पूर्वपरराष्ट्र मन्त्री उपेन्द्र यादवले सरकारले आन्दोलनमा अत्याधिक बल प्रयोग गरेको जानकारी गराउनुभयो । यादवले यसबारेमा दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने थाहासञ्चारलाई बताउनुभयो । कुटनीतिक नियोगका पदाधिकारीसँगको छलफलका लागि यादव आन्दोलन छोडेर हिजो काठमाडौं आउनुभएको थियो । 
यस्तै, आन्दोलनमा सहकार्य गर्ने विषयमा मोर्चाका नेता यादवले मोहन वैद्य नेतृत्वको नेकपा—माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीसँग पनि छुट्टाछुट्टै छलफल गर्नुभएको छ । दुवै माओवादीसंग सरकारले अत्याधिक बल प्रयोग गरेको भन्दै आन्दोलनमा सहकार्य गर्ने विषयमा छलफल भएको यादवले जानकारी दिनुभयो । 
यसैबीच, अध्यक्ष यादवले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नुभएको छ । तर प्रचण्डसँगको छलफललाई दुबै पक्षले गोप्य राखेका छन् ।