Thaha

Sunday 28 April - 10:29 pm NST

पेट्रोलियम पदार्थको अभाव नरहेको निगमको दावी


काठमाण्डौं, ११ भदौ । नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको दावी गरेको छ । अभाव हुने हल्लाले स्टक राख्ने मनासयमा धेरै उपोभोक्ताहरु पेट्रोलपम्पमा पुग्दा अभाव जस्तो देखिएको आयल निगमले स्पष्ट गरेको छ ।

तराईका क्षेत्रमा जारी बन्दले पेट्रोलियम पदार्थको आयात प्रभावित भएपनि अभाव कै अवस्था नरहेको निगमले जनाएको छ । निगमका प्रवक्ता सिताराम पोखरेलले तेल ल्याउने क्रम नरोकिएको स्पष्ट गर्दै अभावको हल्लाको पछि नलाग्न उपोभोक्तालाई आग्रह गरे । निगमले हिजो मात्रै काठमाडौंमा ४ लाख २५ हजार लिटर पेट्रोल बिक्री गरेको छ ।

काठमाडौंमा दैनिक ३ लाख लिटर पेट्रोलको माग छ । तर, बजारमा माग बढेकाले त्यस अनुरुप थप १ लाख २५ हजार लिटर पेट्रोल पठाईएको प्रवक्ता पोखरेरलले बताए । यसैगरी हिजो बजारमा ५ लाख ५५ हजार लिटर डिजेल पठाईएको निगमले जनाएको छ । बजारमा अभावको हल्लाले डिजेलको माग पनि बढेको छ । निगमसँग अझै १५ सय किलोलिटर पेट्रोल र ५ हजार लिटर डिजेल सञ्चित रहेकाले कुनै समस्या नहुने प्रवक्ता पोखरेलले बताउनुभयो ।