Thaha

Saturday 21 September - 1:38 pm NST

उपकुलपति नियुक्ति गर्ने तयारीमा सरकार, दलीय भागबण्डाले ढिलाई

काठमाण्डौ ४ भदौ  । सरकारले विभिन्न ७ वटा विश्वविद्यालय रिक्त रहेका उपकुलपति केहिदिन भित्रै नियुक्ति गर्ने जनाएको छ । गत साउन २४ गतेदेखि पुराना उपकुलपतिको कार्यकाल सकिएको भएपनि सरकारले नियुक्तिमा ढिलाई गर्दा ७ वटा विश्वविद्यालय उपकुलपति बिहिन छन् । 

त्रिभुवन विश्व विद्यालय, नेपाल संस्कृत, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिम, सुदुरपश्चिम र कृषि गरि सात विश्वबिद्यालयका उपकुलपतिको चार बर्षे कार्यकाल साउन २३ गते सकिएको थियो । प्रधानमन्त्री सुशीलल कोइरालाका शिक्षा सल्लाहाकार विजय पन्तले संबिधान निमार्णमा केन्द्रित हुनुपरेकोले उपकुलपति नियुक्तिमा दिलाई भएको भन्दै केहि दिन भित्रै नियुक्त गर्ने तयारी भैरहेको थाहा सन्चार नेटर्वकलाई बताउनुभयो । 

कुलपतिको हैसियतमा प्रधानमन्त्री सुशील कोइरालाले गठन गरेको सिफारिस समितिले एक हप्तामा प्रतिबेदन बुझाउन नसकेपछि थप एक हप्ता समय मागेको र छिट्टै समितिले उपकुलपतिको नाम सिफारिष गरेपछि नियुक्ति प्रकृया अघि बढ्ने पन्तले बताउनुभयो । उपकुलपति नियुक्तिका लागि कुलपति समेत रहेका प्रधानमन्त्रीले सिफारिस समिति गठन गर्ने र त्यही समितिको सिफारिसमा उपकुलपति नियुक्त गर्ने प्रावधान छ । 

सरकारले साउन २७ गते सम्म उपकुलपति सिफारिस गर्न साउन २५ गते शिक्षामन्त्री संयोजकत्वको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । तर समितिका सदस्यहरुले राजनीतिक भागबण्डाका कारण नाम सिफारिसमा ढिलाई भएको बताएका छन् ।