Thaha

Saturday 21 September - 11:37 am NST

चुक्ता पूँजी नबढेसम्म बोनस दिन नपाइने


काठमाडौं, २ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई गत आर्थिक बर्षको मुनाफाबाट नगद लाभांश वितरण गर्न रोक लगाएको छ । विभिन्न सर्तहरु राख्दै राष्ट्र बैंकले नगद लाभांश वितरणमा रोक लगाएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिले तोकेको न्यूनतम चुक्तापूँजी नपुगेसम्म बैंकहरुलाई नगद लाभांश वितरणको प्रस्ताव नल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले लाभांश स्वीकृती दिने कार्यविधी २०७२ जारी गर्दै वितरण योग्य मुनाफाबाट लाभांश दिँदा कर प्रयोजन बाहेकमा वोनस सेयर वितरणलाई प्राथमिकता दिन राष्ट्र बैंकले भनेको छ ।

यस्तै अरु संस्थाको सेयर राख्ने बैंक तथा वित्तिय संस्थाको नगद तथा सेयर दुबै लाभांश स्विकृत नगर्ने राष्ट्र बैंकले कार्यबिधीमार्फत स्पष्ट गरेको छ ।

यस्तो सेयर बिक्रीपछि वितरण योग्य मुनाफाबाट भने लाभांश दिन सकिने नयाँ व्यवस्था गरिएको छ । यस्तै सेयर प्रिमियम रकमबाट पनि लाभांश दिन रोक लगाईएको छ । एकै व्यक्ति वा परिवारको कुनै एक संस्थामा चुक्ता पुँजीको १५ प्रतिशत र अर्को संस्थामा एक प्रतिशत भन्दा बढी सेयर रहेमा उनीहरुलाई लाभांश नदिन कार्यबिधिमा भनिएको   छ ।