Thaha

Saturday 21 September - 1:22 pm NST

पूर्वमा ‘लिम्वुवान नेपाल’ लेख्न उर्दी


नरेन्द्र रिमाल, 
पाँचथर ३१ साउन । संघीय लिम्वुवान पार्टि नेपाले त्यस क्षेत्रका सम्पूर्ण कार्यालय, संघ सस्था र फर्महरुलाई पत्र लेख्दै कार्यालयका साइनवोर्ड र सवारी साधनमा अनिवार्य लिम्वुवान नेपाल लेख्न दवाव दिएको छ । 

जिल्ला सचिव सागर केरुङद्वारा हस्ताक्षरित पत्रमा भदौ ७ भित्र लिम्वुवान नेपाल नलेखिए त्यसवाट हुने क्षतिको जिम्वेवारी सम्वन्धित पक्षले नै लिनुपर्ने उल्लेख छ । लिम्वुवानले जिल्लाका अधिकांस सरकारी कार्यालय र संघ सस्थालाई वुझाइसकेको छ । 

अरुण पुर्वका ९ जिल्लालाई ऐतिहासिक पृष्ठभुमिका आधारमा लिम्वुवान स्वायत्त राज्य पुनस्र्थापनार्थ भइरहेको आन्दोलनको सास्कृतिक पुनःक्रान्ती र लिम्वुवान स्थापनार्थ लिम्वुवान लेखाएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं पत्रमा भनिएको छ ।