Thaha

Saturday 21 September - 1:07 pm NST

बन्दको प्रभाब आंशिक, दोहोरो बन्द आव्हान भएका स्थानमा प्रभाब बढि

काठमाण्डौं ३१ साउन । संबिधानको मस्यौदाप्रति असन्तुष्ट दलहरुले गरेको नेपाल बन्दका कारण आज देशभरको जनजीवन आंशिक प्रभाबित भएको छ । मोहन बैद्य माओबादी नेतृत्वको ३० दलीय मोर्चा, असन्तुष्ट मधेसबादी दल र विभिन्न जनजाती संगठनले संबिधानको मस्यौदा प्रति असहमती जनाउदै नेपाल बन्द आव्हान गरेका हुन् ।

बन्दका कारण लामो दुरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् । काठमाण्डौ उपत्यकामा भने बन्दको आंशिक प्रभाब परेको छ । केहि नीजि सवारी साधन सन्चालनमा आए पनि सार्बजनिक सवारी साधन बिहानैदेखि कम चलेका छन् । काठमाण्डौ उपत्यकाका मुख्य सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटाइएको छ ।

नयाँ संबिधानमा प्रदेशको सिमांकनको विषयलाई लिएर बिभिन्न क्षेत्रमा यस अघि देखिकै बन्द पनि जारी रहदा ति क्षेत्र बन्दको दोहोरो मारमा परेका छन् । त्यसैगरि चितवनदेखि कैलाली सम्मका ताराइका जिल्लालाई थरुहट प्रदेश बनाइनुपर्ने माग गर्दै गरिएको बन्दले तराइका २२ जिल्ला पनि प्रभाबित भएका छन् ।

दोहोरो बन्द आव्हान भएका ठाँउमा बन्दको प्रभाब बढि छ । दुई थरीका बन्दकर्ताको कारण यस क्षेत्रको जनजीवन बिहानैदेखि प्रभाबित बनेको हो । नेपाल बन्दसँगै हिन्दूराष्ट्र संरक्षण अभियानले गरको गण्डकी र धौलागिरी बन्दले त्यस क्षेत्रको जनजीवन प्रभाबित भएको छ । बन्दको कारण पोखराबाट बाहिरने र भित्रने लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन संचालनमा आएका छैनन् । नगर क्षेत्रमा कुनैपनि सवारी चलेका छैनन् भने सिद्धार्थ राजमार्ग, पृथ्बी राजमार्ग र भूपि शेरचन राजमार्ग सुनसान छ । सुर्खेत, रुकुमलगायत जिल्लामा पनि सिमांकनको विषयमा गरिएको बन्द जारी छ ।