Thaha

Sunday 28 April - 3:23 am NST

चीनीयाँ बिमानको प्राविधिक टोली नेपाल आउने

काठमाडौं, ३० साउन । अनुदानमा आएका दुईवटै चीनीयाँ बिमानको प्राविधिक पक्ष अध्ययन गर्न चीनीयाँ उच्चस्तरको प्राविधिक टोली नेपाल आउने भएको छ । सरकारले नै नेपाल बायुसेवा निगमलाई चीनले दिएको बिमान नेपाली आकास र बिमानस्थलका लागि उपयुक्त नभएको ठहर गरेपछि प्राविधिक पक्षबारे स्पष्ट गर्न चीनीयाँ पक्ष नेपाल आउन लागेको हो ।

काठमाडौं, ३० साउन । बिमान निर्माता कम्पनिको टोलीले अध्ययनपछि बिमानको सञ्चालन सहज तथा नियमित बनाउनेबारे लिखित प्राविधिक रिर्पोट बुझाउने नेपाल बायु सेवा निगमका प्रवक्ता रामहरी शर्माले थहासञ्चार नेटवर्कलाई जानकारी दिनुभयो ।  एमए–६० बिमान नेपालको तराईको गर्मी मौसमका लागि अनुपयुक्त भएपछि चीनले बिमानस्थलमा स्टक वे निर्माणका लागि प्रस्ताव गरेको पर्यटन तथा नागरिक उडययन मन्त्रालयका सहसचिव तथा बिमानको प्राविधिक पक्षको अध्धयन गर्न बनेको समितिका संयोजक सुरेश आर्चायले बताउनुभयो ।

यस्तै वाई टुभेल ई बिमानलाई क्षमता अनुसार सञ्चालन गर्न क्लीयर वे तोक्न पनि चिनले प्रस्ताव गरेको उहाँको भनाई छ । स्टक वे र क्लीयर वे निर्धारण गरिए बिमानले अहिले भन्दा १५ प्रतिशत यात्रु बढी बोक्न सक्ने चीनीयाँ बिमान कम्पनिको दावी छ । तर, नेपाल बायु सेवा निगम बिमानस्थलहरुको व्यवस्थापन हेर्ने निकाय नभएकाले उसलाई चीनीयाँ पक्षको सुझावले कुनै अर्थ नराख्ने अचार्यको भनाई छ ।

चिनियाँ पक्षको पछिल्लो दावीले जति सुधार गरेपनि यात्रु संख्या उल्लेख्य बढाउन नसकिने स्पष्ट गरेको मन्त्रालयको ठहर  छ । चीनीयाँ बिमानहरु प्राविधिक रुपमा कमजोर हुदा क्षमताको ४० प्रतिशत  भन्दा बढी यात्रु लिएर उड्न सकेका छैनन । अनुदानमा दुईवटा बिमान ल्याएपछि अब चिनसंग निगमले उस्तै प्रकृतिका थप ४ वटा बिमान खरिद गर्ने सम्झौता छ ।

तर, अनुदानका बिमान नै गुणस्तरहिन भएको पाईएपछि मन्त्रालयले खरिद प्रक्रिया स्थगित गरेको छ । चिनियाँ बिमान बिग्रिरहने समस्याले निगम हैरान भएको छ ।