Thaha

Saturday 21 September - 1:23 pm NST

जानकी मन्दिरको भेटीले प्रदेश चल्दैनः यादव

काठमाडौं, ३० साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पर्सादेखि सप्तरीसम्मको प्रदेश सामथ्र्य विनाको बनाईको गुनासो गर्नुभएको  छ ।

उहाँले पर्सादेखि सप्तरीसम्मको प्रदेश चल्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘पर्सादेखिको सप्तरीसम्मको प्रदेशको कुनै पनि समाथ्र्य  छैन । धान खेती छ, यो वर्ष पानी नपरेर त्यो पनि फल्दैन । जानकी मन्दीरमा चढाएको भेटि बाट प्रदेश चल्दैन ।’

विगतका सहमति, अन्तरिम संविधानअनुसार संविधान नबनाए मुलुकमा ठूलो विपत्ति निम्तिने यादवको चेतावनी छ । अध्यक्ष यादवले संविधानसभाले स्वामित्व ग्रहण गरेको कुरा चार दलले अस्वीकार गरेर हैकमको आडमा संविधान ल्याइएको आरोप पनि लगाउनुभयो ।