Thaha

Saturday 21 September - 1:40 pm NST

दाङलाई प्रादेशिक राजधानी बनाउने सहमति

काठमाडौं, ३० साउन । राप्ती अञ्चलका सभासद्हरुले दाङ जिल्लालाई प्रादेशिक राजधानी बनाउनमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

राप्ती अञ्चलबाट प्रतिनीधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका १५ जना सभासद्ले भौगोलिक सुगमता र भौतिक पूर्वाधार प्रयाप्त रहेकाले दाङलाई प्रादेशिक राजधानी बनाउने प्रतिबद्धता जनाएका हुन् ।

विहान काठमाण्डुमा भएको संयुक्त भेलाले राप्ती अञ्चलका सल्यान, रुकुमका सार्थ कैलालीलाई समेत पाँच नम्बर प्रदेशमा समावेश गराउन पहल गर्ने बताएका छन्  । प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नेमा एमालेका युवराज ज्ञवाली, एकीकृत माओवादीका कृष्णबहादुर महरा, कांग्रेसका दिपक गिरीलगायत छन् ।

हस्ताक्षरित प्रतिवेबद्धतापत्रबारे आजै शीर्ष नेताहरुलाई जानकारी गराउने एकीकृत माओवादीका सभासद् गणेशमान पुनले जानकारी दिनुभयो ।