Thaha

Saturday 21 September - 1:23 pm NST

बन्दको प्रचार गर्दै हिँड्नेहरु पक्राउ

काठमाडौं, ३० साउन । नेपाल बन्दको प्रचार गर्दै हिँडेका बैद्य नेतृत्व नेकपा–माओवादीका कार्यकर्तालाई उपत्यकाका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ ।

बिहान काठमाण्डूको कलंकी, दरबारमार्ग र ललितपुरको मंगलबजारलगायत ठाउँबाट आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको माओवादी नेता रामदीप आचार्यले जानकारी   दिनुभयो । पक्राउ पर्नेमा शारदा महत, डिल्ली मगर, राजकुमार श्रेष्ठ, महेश श्रेष्ठ, गगन मगर, सूर्य लामा छन् ।

मस्यौदा संविधान र संविधान निर्माणप्रति असन्तुष्टि जनाउँदै आएका मधेसवादी, नेकपा माओवादीलगायत दलले भोलि र पर्सी नेपाल बन्द गर्ने बताएका छन् ।