Thaha

Saturday 21 September - 1:26 pm NST

पोखरामा काग्रेस नेता पौडेलको हत्या


काठमाण्डौ २९ साउन । पोखरामा कांग्रेसका स्थानीय नेता रामजि पौडेलको रहस्यम तरिकाले हत्या भएको छ । पौडेलको घर भन्दा एक किलोमिटर टाढा पृथ्वीराजमार्गमा पर्ने गगनगौंडा नजिकै हत्या गरेर फालेको अवस्थामा शव भेटिएको स्थानीयले बताएका छन् । 

सदस्यता विवादका कारण पौडेलको हत्यामा पार्टीकै कार्यकर्ताको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ । उहाँका आफन्त र स्थानियले हात्याको विारेधमा अहिले सडक अवरुद्ध गरेर प्रर्दशन गरिरहेका छन् भने शव उठाउन पनि दिएका छैनन् । 

बिहान साँढे ८ बजेदेखि अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यलय कास्किले जनाएको छ ।