Thaha

Friday 03 May - 4:22 am NST

संविधानसभाको बैठक भोली मात्र बस्ने

काठमाडौं, २३ साउन । संविधान सभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

शीर्ष नेता सम्मिलित विशेष समितिले संविधानका विवादित बिषयमा सहमति गरेपनि सहमति पत्रको ड्राफ्ट तयार भइरहेकाले आजै बस्ने भनिएको बैठक भोलीका लागि सारिएको हो । आज पटक पटक स्थगति भएको बैठक अन्ततः भोली दिउँसो १ बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।

संवैधानिक संवाद तथा सहमति समितिको पटक पटक स्थगित हुँदै आएको बैठक अहिले बेलुका ८ बजे बस्ने तयारी गरिएको छ ।