Thaha

Thursday 02 May - 10:50 pm NST

धर्मको बिषयमा संविधान मौन, ६ प्रदेशमा सहमति

काठमाडौं, २३ साउन । नयाँ संविधान धर्मका बिषयमा मौन रहने भएको छ । धर्मनिरपेक्षताको पक्ष र बिपक्षमा देशभर आन्दोलन भइरहँदा दलका शीर्ष नेताहरु सहभागी विशेष समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि सुझाव लिन जनतासमक्ष लगिएको संविधानको मस्यौदामा उल्लेख धर्म निरपेक्षता शब्द पनि हटेको छ । यसैबीच दलहरुले प्रदेशको संख्या र सीमाको पनि टुंगो लगाएका छन् । ६ प्रदेशमै दलहरु सहमत भएका हुन् । अहिले सहमतिको मस्यौदा ड्राफ्ट भइरहेको बैठकस्थलबाट हाम्रा सहकर्मी टिकाराम तामाङले जनाएका छन् ।

सहमति भएपछि केहीबेरमा संवाद तथा सहमति समितिको बैठक बस्दैछ । आज जसरी पनि प्रतिवेदन बुझाउने बताउपछि संविधानसभाको बैठक बेलुकी ८ बजेका लागि बोलाईएको छ ।