Thaha

Friday 03 May - 1:35 am NST

संविधानसभाको बैठक ६ बजेलाई सर्‍यो

काठमाडौं, २३ साउन । संविधानका विवादित बिषयमा प्रमुख दलहरु सहमतिमा पुग्न नसक्दा संविधानसभा बैठक आज पनि प्रभावित भएको छ ।

दलहरु अझै छलफलमै रहेकाले आज दिउँसो ३ बजेका लागि बोलाइएको संविधानसभाको बैठक साँझ ६ बजे सम्माका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । यसअघि हिजो साँझ ५ बजे बोलाइएको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

यसैबीच, दिउँसो १ बजे बस्ने भनिएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक पनि ३ बजेका लागि सारिएको छ ।