Thaha

Thursday 02 May - 10:23 pm NST

संविधानसभा बैठक भोलि, संसदबाट शोक प्रस्ताव पारित

काठमाडौं, २१ साउन । अनिश्चितकाल लागि स्थगित भएको संविधानसभा बैठक पनि भोलि बस्ने भएको छ ।

बैठक साँझ ५ बजे बस्ने सचिवालयले जनाएको छ । यसअघि साउन १३ गतेको बैठकमा जनताबाट आएका सुझाव प्रतिवेदन संवाद समितिलाई पठाउने निर्णयसहित अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । 

यसैबीच, संसदको आजको बैठकमा कांग्रेस नेता एवं पूर्व सांसद प्रधानकोे निधनमा शोक प्रस्ताव पारित भएको छ । सभामुख सुवासचन्द्र नेम्वाङ्गले बैठकमा प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतीले पारित भएको हो ।

शोक प्रस्ताव पारित गरेसँगै संसद् बैठक भोलि साढे ५ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । प्रधानको हिजो लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको थियो । प्रधान २०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस पार्टीका तर्फबाट रुपन्देहीको क्षेत्र नं.३ बाट निर्वाचित सदस्य हुनुहुन्थ्यो ।