Thaha

Sunday 28 April - 1:03 pm NST

मुर्तिकलामा युवाको आर्कषण बढ्दो, कमाई पनि राम्रो


साउन १६, काठमण्डौं । सन्चु ब्लोन,


दिन प्रतिदिन नेपाली युवाहरु कामको खोजिमा विदेश गइरहेका छन् । तर आफ्नै देशमा रहेका सम्भवनाहरु कमले मात्रै पहिल्याएको पाइन्छ । विषेश गरी काठमण्डौं उपत्यकाका बासिन्दाहरुले गर्दै आएका मुर्ति कर्म पनि रोजगारको दरिलो आधार हो । कतिपय युवाले परम्परागत मुर्तिकलामा पछिल्लो समयमा आएर भविष्य उज्यालो देखेका छन् । 


ललितपुरको च्यासमा केही युवा मुर्तिको बुट्टा काटिरहेका छन्, कोही चम्काउने काम गदैछन् त कोही सफा गर्नमा ब्यस्त छन् । मुर्ति बनाउँदै गरेका चितवनका केशब कुमार मोक्तान आफ्नो काम र कमाइको बारेमा यसरी दिल खोलेर बताउनुभयो । ‘ यो काम गरेका ५ वर्ष भयो । मेरो काम चाहि फिनिसिङ हेर्नै हो । कमाइ राम्रै छ । विदेश जानु पर्दैन, विदेशमा जत्ति त यहि कमाई हुन्छ । महिनामा ४०/५० हजार कमाई हुन्छ । '

पित्तल, तामा, जस्तालगायतबाट बनाइने परम्परागत मुर्तिकला कला मात्रै होइन यसबाट सिप भएका युवाहरुलाई काम र दाम दुवै मिलेको छ । कामप्रति सन्तुष्ट देखिनुहुन्थ्यो मकवानपुर हेटौंडाका सुवाससिंह योन्जन । ‘ठिकै छ, हामीलाई यहि भइरहेको छ । ठेक्कामा काम गछौं, कामप्रति सन्तुष्ट छु ।’ 

मुर्तिकला पुख्यौलि पेशा हो । विषेश गरी काठमण्डौं उपत्यकाका नेवार समुदायकाहरुको पुख्र्यौली पेशमा अहिले उपत्यका वरपरका युवाहरुको आर्कषण बढेको पाइन्छ । यो क्षेत्रमा असंगठित रुपमा संलग्न हुँने हुँदा मूर्ति बनाउने काम गरिरहेका कलाकारको संख्या एकिन छैन । तर ठूलो संख्यामा रहेको अनुमान छ हस्तकला महासंघको  । मुर्तिका काम गर्दै गर्दा भेटिएका चितवनका प्रदिप थापा विदेशमा जानु भन्दा मुर्तिको काममा नेपालमै राम्रो कमाइ हुने बताउनुहुन्छ । ‘मुिर्तको म हरेक काम गर्छु । सफा, फिनिसिङ सबै । विदेशमा जानु भन्दा नेपालमै बसेर यो काम गर्दा धेरै नै फाइदा छ । कुनै बेला १४ /१५ घण्टा काम गर्नुपर्छ । जति घण्टा धेरै गर्न सक्यो उत्तिनै कमाइ हुन्छ । खाना लगाउन पुग्छ, परिवार सजिलै पाल्न सकिन्छ । ५० हजार देखि १ लाख सम्म कमाइ गर्न सकिन्छ । सिप र मेहनत अनुसार हुन्छ । 

लाखौं नेपाली युवाहरु कामको खोजीमा विदेश गइरहेको बेलमा शिप भए राम्रो कमाइ गर्न सकिने यो क्षेत्रमा आउन चाहेमा बाटो देखाउन सरकारले कुनै चासो दिएको छैन । तर सिक्नेहरुको लागि उपाय पनि छ । हस्तकला महासंघका उपाध्यक्ष धर्मराज शाक्य । ‘सरकार तबरबार सिक्ने ठाउँ छैन, इन्टिच्युडहरु छैन । ट्रेनिङ छैन । तर हस्तकला महासंघले हस्तकला डिजाइन एण्ड डेभलोपमेन्ट सेन्टर भनेर खोलेका छौं । त्यसले प्याकेजमा तालिमहरु सर्टटमको दिने गरेको छ । इच्छा भएका य्वाहरुले महासंघमा सम्पर्क राख्दा हुन्छ । 
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान अन्तरगत मुर्तिकला विभागका प्रमुख धनु याख्खाका अनुसार  मुर्तिकलाले देशको अर्थतन्त्रमा राम्रो योगदान पुराएको छ भन्नुहुन्छ । उहाँको अनुसार पछिल्लो समय युवाहरुको आकर्षण पनि बढ्दो छ । सिप भए राम्रो कमाई हुने मुर्तिकला क्षेत्र तपाईका लागि पो उपयुक्त हुन सक्छ की, एक पटक सोच्नुस् है ।